फलोअप: ६ लाख क्षतिपुर्ति दिने सम्झौतापछि उठ्यो सविताको शव
पाेखरा | भदौ १९, २०८०
पोखरा: पोखरा १० अमरसिंहचोका मोटरसाइकलको ठक्करबाट ज्यान गुमाएको सविता कुमारी दनुवारको शव परिवारले बुझेको छ ।
मृतक परिवारलाई ६ लाख क्षतिपुर्ति दिने सम्झौता भएपछि सविताको श्रीमान् दीपेन्द्र दनुवारले शव बुझेका हुन् ।
यद्यपी मृतक परिवारले शव बुझेपनि ठक्कर दिएका मोटरसाइकल चालक सुजन गुरुङ (२१ वर्षीय )माथि भने अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक श्रवण कुमार विकले जानकारी दिए ।
‘पीडित परिवारलाई क्षतिपुर्ति दिने सम्झौता भएपछि शव बुझेर लगिसक्नुभएको छ । यद्यपी घटनाबारे अनुसन्धान भने जारी नै छ,’ निमित्त प्रमुख श्रवण कुमारले सुनगाभा न्यूजसँग भने ।
उनले पीडित परिवारले शव बुझेर गएपनि घटनाको विषयमा थप अनुसन्धान भइरहेको दोहोर्याए । ‘पीडित परिवारसँग क्षतिपुर्ति बारे कुरा मिलिसकेपनि मुद्धा दर्ता भएकाले अनुसन्धान जारी छ, उनले भने, ‘अनुसन्धान सकेर मोटरसाइकल चालकलाई पेश गर्नेछौ ।’
क्षतिपुर्ति स्वरुप ६ लाख दिने सम्झौतापछि शव उठाएको मृतककी श्रीमान् दीपेन्द्र दनुवारले सुनाए । ‘अहिले ५० हजार मात्रै पाएका छौ । त्यै ६ लाख दिने कुरा भाको हो । अरु बाँकी पैसा यताको काम(काजक्रिया) सकेर पोखरा आएपछि दिने कुरा छ,’ उनले भने ।
यो पनि पढ्नुहोस
पोखरा महानगरपालिका १० अमरसिंहचोकमा गत १३ गते (बुधबार) मर्निङ वाकमा रहेकी सवितालाई बिहान करिब ५ बजे लखनचोकबाट औधोगिक क्षेत्रतर्फ जाँदै गरेको ग १० प ३५७६ को (पल्सर २२० सिसी) मोटरसाइकलले ठक्कर दिएको थियो ।
ठक्करपछि उपचारका लागि मणिपाल शिक्षण अस्पताल पुर्याएपछि केही समयपछि चिकित्सकले मृत घोषणा गरेको थियो ।
महोत्तरी जिल्लाको गौशाला नगरपालिका ७ स्थायी घर भई पोखरा १० बुद्धचोक बस्दै आएकी ३३ वर्षीया सविता दनुवारको ३ वर्षीय दुधे बालक र ५ वर्षीय छोरा छन् । सविताको परिवाले मजदुरी गर्दै जिविकोपार्जन गर्दै आएका थिए ।
यसअघि गत ११ गते सोमबार सभागृहचोकमा मालबहाक ट्रकको ठक्करबाट ज्यान गुमाएकी तनहुँको म्याग्देकी २० वर्षीय वर्षा कुमालको शव पनि परिवारले बुझिसकेको कास्की प्रहरीले जनाएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्। चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा खुला पुरुषतर्फ उपसभापति पदमा उनीबाहेक अरूको उम्...
फिफा विश्वकप २०२६ मा उपाधि दाबेदार ब्राजिलले लगातार दोेस्रो जित निकालेको छ। तेस्रो जित निकाल्नेक्रमा उसले बिहीबार स्कटल्याण्डलाई ३–० ले हरायो। ब्राजिलले पहिलो खेलम मोरक्कोसँग १...
पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ । पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्र...

